जन्मिइन् दुबै आँखा नभएकी बालिका,(भिडियोसहित) आमा के भन्छिन् ?
दयालु आमाहरुका लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छन् भन्ने कुरा त्यसै भनिएको होइन । जन्मिने छोरीको रोगका बारेमा थाहा भएर पनि उनले भ्रुणहत्या गर्न अस्विकार गरिन् ।
साथै वंशाणु उत्परिवर्तन वा क्रोमोजोम असाधारण हुँदा समेत यस्तो समस्या निम्तिन सक्ने चिकित्सकहरु बताउँछन् । साथै गर्भवती महिला धेरै एक्सरेको सम्पर्कमा आउनुका साथै विषादी, विकिरण तथा कतिपय रसायन र विषाणुको संक्रमणले पनि गर्भको बच्चामा यस्तो समस्या पैदा हुनसक्ने बताइन्छ ।
यो रोगको उपचार असम्भव छ । त्यसैले उनले जुनसुकै उपचार गरेपनि अब जिन्दगीभर आँखा देख्न सक्नेछैनिन् । उनको आँखाको भागमा कृत्रिम सिसाको डल्लाहरु राखेर आँखा भएको जस्तो बनाउन मात्र सकिनेछ ।
३ सन्तानकी आमा डेभिसले जन्माएकी आँखा वीहिन छोरी अहिले ८ हप्ताकी भएकी छिन् । श्रीमान ३१ वषर्ीय एन्ड्रु स्मिथले उनलाई साथ दिइरहेका छन् ।
बेलायतका साउथ वेल्सको एक कम्पनीमा काम गर्ने डेभिसले आफुले जन्माएकी छोरीका दुबै आँखा नै नभएको देख्दा निकै नै मर्माहत भएको बताउँदै यस्तो घटना आफुले यसअघि कहिल्यै नसुनेको र आफ्ना परिवारका कसैमा पनि यस्तो समस्या नरहेको बताउँछिन् ।
आफुहरुलाई सम्झाउन आउने मानिसहरु पनि के भन्ने भनेर अक्क न बक्क पर्ने गरेको अनुभव उनको छ । त्यस्तो अपांग छोरीलाई जन्माएर दुख दिनुभन्दा गर्भपात गरेको भएपनि हुन्थ्यो नी भन्ने तर्कमा उनी भन्छिन्, ‘मलाई गर्भपात नगर्नुमा पश्चाताप छैन, मेरी छोरी निकै सुन्दर छिन् । हामीले डेइजीलाई सामान्य जिवन दिन चाहन्छौँ र अरु सन्तानलाई जत्तिकै अवसर प्रदान गर्नेछौँ ।’
गर्भको बच्चा २१ हप्ताको हुँदाखेरि नै डाक्टरहरुले जाँच गर्दा बच्चाको मस्तिष्कमा फोका रहेको कुरा बताएका भएपनि बच्चाको आँखा नरहेको भन्ने कुरा थाहा नदिएको उनको भनाइ छ ।
छोरीलाई यो महिनाको अन्त्यमा अस्पताल भर्ना गर्ने योजना उनको छ । जहाँ उनको आँखाको शल्यक्रिया गरी सिसाको आँखाजस्तै डल्ला राखिनेछ । उनी १८ महिनाको भएपछि अहिले राखिएका सिसा निकालिनेछ र रंग्याइएका आँखा प्रत्यारोपण गरिने, जुन दुरुस्तै आँखाजस्तै देखिनेछन् ।
छोरीलाई यो महिनाको अन्त्यमा अस्पताल भर्ना गर्ने योजना उनको छ । जहाँ उनको आँखाको शल्यक्रिया गरी सिसाको आँखाजस्तै डल्ला राखिनेछ । उनी १८ महिनाको भएपछि अहिले राखिएका सिसा निकालिनेछ र रंग्याइएका आँखा प्रत्यारोपण गरिने, जुन दुरुस्तै आँखाजस्तै देखिनेछन् ।
दुबै आँखा नभएकी छोरी जन्मिएसँगै अहिले उनका बुवा स्मिथ र आमा डेभिस दृष्टिवीहिनहरुको उपचारका लागि सहयोग जुटाउन एक च्यारिटी संस्थाको आयोजनामा १२ हजार फिट माथि आकाशबाट स्काइडाइभ गर्ने योजना बनाएका छन् । साथै यस्तो समस्याका विषयमा जनचेतना जगाउने काममा समेत जुट्ने उनीहरुको योजना छ ।