१२८ घण्टापछि एक महिलाको जीवितै उद्दार

काठमाडौं, वैशाख १७ - महाभूकम्पमा पुरिएकी एक महिलालाई काठमाडौंको नयाँ सपार्कस्थित जनसेवा गेष्ट हाउसबाट १२८ घण्टापछि जीवितै उद्दार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र इजरायली उद्दार टोलीले बर्दियाकी २४ वर्षीया कृष्णदेवी खड्काको जीवितै उद्दार गरेको हो ।