ठुलो रेक्टरको भुकम्प आउँछ भन्ने कुरा हल्ला मात्रै : नासा

१४ बैशाख | नासाले ‘नेपालमा अझै ठुलो रेक्टर स्केलको भुकम्प जाने अनुमान लगाएको’ भन्ने कुरालाई अस्विकार गरेको छ । उसले यो अनुमानलाई झुठो भएको जनाएको छ ।
नासाले आफ्नो अफिसियल वेभसाईटमार्फत नेपालमा ठुलो रेक्टरको भुकम्प जाने भनेर हौवा मात्रै चलाईएको र यस्तो कुनै भविष्यवाणी नासाले नगरेको स्पष्ट पारेको छ ।
‘ठुलो भुकम्प जाने भन्ने कुरा झुठो हो । नासाले कहिल्यै पनि भुकम्पको अनुमान लगाउन सक्दैन । यस्ता समाचारहरुले जनमानसमा झनै त्रास फैलाउने काम मात्रै गरेको छ । बरु चिनमा भुकम्पको विषयमा केहि अध्ययन भैरहेको छ र त्यस्तो कुनै ठोस नतिजा आईरहेको छैन ।’ अधिकारीहरुले बताएका छन् ।
नेपालमा यति बजे र उति बजे ठुलो रेक्टर स्केलको भुकम्प आउने भनेर विभिन्न सामाजिक संजाल र अनलाईन न्यूज पोर्टलमा आईरहेको समाचार नपत्याउन नासाले आग्रह समेत गरेको छ । यद्यपी सुरक्षित भएर बस्न उसले सबैलाई आग्रह भने गरेको छ ।