के के बाड्यो सरकारले नगद २६ करोड ३० लाखको ?(तालिका सहित)
| सरकारले भुकम्पबाट अतिप्रभावित विभिन्न जिल्लामा बुधबार मध्याह्नसम्ममा नगद २६ करोड ३० लाख रुपैयाँ खर्च गरिएको जनाएको छ। | |
गृहमन्त्रीको सचिवालयका अनुसार भुकम्प अतिप्रभावित विभिन्न जिल्लामा खाद्य बस्तु, गैरखाद्यान्न सामग्री वितरण गरिएको हो। राहत सामग्रीको विवरण : खाद्य बस्तु् – चामल १३३६ क्विन्टल, ९१६ वटा ट्रक र ५ वटा हेलिकोप्टरबाट – चिनी १८७ क्विन्टल – नुन १२२ क्विन्टल – चाउचाउ– २० हजार कार्टुन-सातवटा ट्रकमा – भुजिया– २००६ केजी – चिउरा १८०० क्विन्टल-एक ट्रक – पिउने पानी ४००० केस र दुई ट्याङ्कर – बिस्कुट ९००० कार्टुन-एक ट्रक – दालमोठ ७५ बोरा-१००० प्याकेट – सिमी ३६०० बोरा गैरखाद्यान्न सामग्री – टेन्ट ४७०० थान – त्रिपाल– ११८०० थान – कम्बल– ३०० थान – ब्ल्याङ्केट– २१० थान – सोलार लाइट– ३५२८ थान –लत्ता कपडा– ९ बोरा |
