News
»
पछिल्लो दिन आज पनि चार रेक्टर माथिका चार भूकम्पको झट्का ।
पछिल्लो दिन आज पनि चार रेक्टर माथिका चार भूकम्पको झट्का ।
काठमाडौ, १६ वैशाख १६ - महाभूकम्पपछि दिन दिनै क्रमशः

भूकम्पका झट्का घटदै गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले ठूलो भूकम्प आएको पहिलो दिनयता क्रमशः पराकम्पन भूकम्प झट्का घटेको जनाएको छ।
शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको वारपाकलाई केन्द्र बिन्दु बनाएर आएको ७.६ रेक्टरको ठूलो भूकम्पको १२ घण्टा भित्र ४ रेक्टरभन्दा माथिका ३९ पटक कम्पन भएको थियो। केन्द्रका अनुसार भोलिपल्ट आईतबारको २४ घण्टामा ३८, सोमबार १३ र मंगलबार १२ पटक ४ रेक्टरमाथिको भूकम्प आएको हो। महाभूकम्प आएको पा“चौ दिनमा बुधबार अपरान्ह साढे ४ बजेसम्ममा ४ पटक ४ रेक्टरमाथिको भूकम्प आएको छ।
केन्द्रका भूगर्वविद चिन्तन तिम्सिनाले भूकम्पको पराम्कपन घटदो क्रममा रहेको बताए। ‘भूकम्पको शक्ति रेक्टर घटेको छ र समयाअन्तर बढेको छ, उनले भने– ‘यो सकारात्मक पक्ष हो।’ पछिल्लो पटक बुधबार धादिङलाई केन्द्र बिन्दु बनाएर अपरान्ह ३ बजेर २४ मिनेटमा ४.५ रेक्टरको कम्पन भएको थियो। सबैले प्रत्यक्ष अनुभूति नगरे पनि आज बिहान ४ः ४९, ५ः५४, र अपरान्ह १ः १७ मा ४.५ भित्रका भूकम्पहरु गएका छन्।
गोरखादेखि पूर्व सिन्धुपाल्चोकदेखि पश्चिमका विभिन्न जिल्लालाई केन्द्र बनाएर शनिबार यता ४ भन्दा मूनीका १ हजार बढी झट्का गएको तिम्सिनाले बताए।