धुर्मुसको घर र सुन्तलीको माइतीघर भूकम्पले सखाप (फोटोसहित)

dhurumus suntaliभक्तपुर, वैशाख २८ – हाँस्य टेलिश्रृंखला मेरी बास्सैको सुटिङ स्पटमा रहेको धुर्मुस र सुन्तलीको घर भूकम्पले भत्किएको छ ।
सूर्यविनायकको सिपाडोलमा मेरी बास्सैको सुटिङका लागी उनीहरुले विवाह गरेका थिए । सोमवार सुटिङका क्रममा आफुले विवाह गरेको घरमा पुगेका धुर्मुसले भने, ‘सिपाडोलका घरहरुको अवस्था देख्दा मेरो मन रोएको छ ।’
dhurumus suntali (7)
धुर्मुस र सुन्तलीको वास्तवीक विवाह भने त्यहाँ भएको थिएन, टेलिश्रृङ्खला छायाँङ्कनका क्रममा उनीहरुले त्यहाँ आ–आफ्नो घर बनाएका थिए ।
मेरी बास्सै टिमले करिब पाँच साल लगातार सिपाडोलमै सुटिङ गरेको थियो । ‘आजकाल हसनटारमा सुटिङ गर्न थालेका छौं’ सुन्तलीले भनिन् ।
स्थानीय पम्फा थापाको घरलाई धुर्मुस र शुसीला थापाको घरलाई सुन्तलीले आफ्नो माइतीघरको रुपमा प्रयोग गर्ने गरेकी थिईन् ।dhurumus suntali (1)
धुर्मुसले सुटिङको क्रममा प्रयोग गर्ने गरेको घरधनी पम्फाले भनिन् ‘उँहाहरु यहाँ उकाली–ओरालीदेखि घाँस–दाउरा सम्म गर्नुहुन्थ्यो ।’
यसैबीच हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीले भक्तपुरको सिपाडोल,काठमाडौंको हसनटार र मुड्खुभञ्ज्याङमा राहत वितरण गरेका छन् ।
सुटिङ स्पटका भूकम्प प्रभावित वस्तिमा चामल, दाल चना र त्रिपाल वितरण गर्दै सिताराम कट्टेल धुर्मुसले भने, ‘आफ्नै गाउँ ठाउँमा राहत वितरण गर्दा निश्पक्षता अपनाउनु पर्छ ।’