भुकम्प पीडित नेपालीहरुलाइ रोनाल्डोद्वारा ८० करोड सहयोग
काठमाडौं, वैशाख २७ पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
विश्वकै सबभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले भुकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको छ ।
सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै् स्थान दिएका छन् । तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन । ३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा याे सबैभन्दा ठूलो सहयाेग हाे ।

