पहाडी महिलालाई बेश्याको संज्ञा दिए;;सिके राउत
सद्भावना नेतृ सरिता गिरीले तराईमा बस्ती बसाउने निर्णय ‘महेन्द्रवादी’ भएको भन्दै आलोचना गरेलगत्तै तराईलाई अलग राष्ट्र बनाउनुपर्ने भन्दै अभियान चलाइरहेका सिके राउतले बस्ती सारे गृहयुद्ध हुने अभिव्यक्ति दिएका थिए ।
विपत्तिको समयमा राउतले फेरि अर्को आपत्तिजनक हर्कत गरेका छन् । उनले सामाजिक सञ्चाल ट्विटरमार्फत पहाडी महिलालाई बेश्याको संज्ञा दिएका छन् ।
देश महाभूकम्पबाट क्षतविक्षत बनेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने भन्दै पडाडीको वेश्यावृत्ति गर्ने पुख्र्यौली पेसा नै भएको आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
उनले मधेसमा पहाडी समुदायलाई आश्रय दिन नहुने भन्दै तराईमा बस्ती बसाए गृहयुद्ध हुने बताएपछि चर्को विरोध भएको थियो । त्यसलगत्तै उनको यस्तो भनाई आएको हो । उनको यस्तो भनाईको फेरि चौतर्फी विरोध सुरु भएको छ ।
