भूकम्प जाने क्रम अझै रोकिएको छैन.११ बजेर २७ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प
११ बजेर २७ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प
काठमाडौं : विनाशकारी भूकम्प गएको हप्ता दिन बितिसक्दा पनि सानातिना भूकम्प जाने क्रम अझै रोकिएको छैन । शनिबार बिहानमात्रै चार पटक भूकम्पको धक्का महसुस भइसकेको छ ।
लम्जुङको खुदीलार्इ केन्द्रबिन्दू भएर गएको सो भूकम्पको धक्का गोरखा, कास्की, नवलपरासी र सो आसपासका अन्य जिल्ला तथा काठमाडौं उपत्यकासम्म महसुस भएको थियो ।
शनिबार बिहानै ३ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको ४.२ म्याग्निच्यूटको भूकम्प गयो । त्यसको दुर्इ घण्टा नबित्दै बिहान ५ बजेर ५५ मिनेटमा पुन: अर्को भूकम्प गयो । दोलखा केन्द्र भएर गएको त्यो भूकम्प ४.३ म्याग्निच्यूटको थियो ।
शनिबार गएको विनाशकारी भूकम्पसँगै नेपालमा हालसमम्म चार रेक्टर भन्दामाथिका १२१ वटा भूकम्प गइसकेका छन् । ६ रेक्टर भन्दा मुनिका भूकम्पले असर नगर्ने भएकाले नआतिन राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।