भूकम्पको डरले भाग्दा घलेको ज्यान गयो
लमजुङ : भूकम्पको डरले भाग्ने क्रममा एक बृद्वको ज्यान गएको छ। जिल्लाको पुर्वी भेग विचौर गाउँ बिकास समिति वडा नं. ९, बलेडाँडाका ८० वर्षीय बृद्ध वाङजी घलेको मृत्यु भएको हो।
शनिबार विहान ११.३० बजे भूकम्प गएपछि त्रिपालमुनि बस्दै आएका उनी यो अघिल्लो साता गएको महा–भुकम्पको त्रासले भागेका थिए। सो क्रममा बाटोमा अल्झिएर लड्दा उनी घाइते भएका थिए। घाईते भएपछि वेहोस भएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विचौरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

तर घटनाको आइतबार बिहानमात्रै थाहा पाएको डीएसपी पवनकुमार गिरीले बताए। उक्त क्षेत्रमा विद्युत नभएका कारण त्यहाँका प्रहरीले पनि ढिलो गरी थाह पायौं उनले भने,‘विद्युत नहुँदा प्रहरीको संचार सेटले समेत काम गरेन।’ उक्त क्षेत्रमा भूकम्पका कारण भएको क्षतिबारे थप जानकारीका लागि आइतबार प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीको टोली विचौर पठाएको उनले बताए।