News
»
जवान छोरो वेपत्ता भएपछि परिवारमा रुवाबासी
जवान छोरो वेपत्ता भएपछि परिवारमा रुवाबासी
नगरकोट, बैशाख २१ –अघिल्लो शनिबार गएको शक्तिशाली भुकम्पले मुलुक रोइरहेको अवस्थामा एउटा जवान छोरोसगं १२ गते पछाडि सम्र्पक हुन नसके पछि परीवारमा चिन्ता छाएको छ । छोराको अवस्था बारे जानकारी हुन नसक्दा आमा छिन् छिन्मा बर्बराउने रुने र कराउने गर्दछिन् । छोराको खबर सुन्न नपाउदा आ
मा सिता र बुबा हरीभक्त तिमल्सेनाको दैनीकी आशुमा डुबेको छ । काभ्रे जिल्ला गैरीविसौनी देउपुर वडा नं. ७ सल्लेबास स्थायी घर भइ हाल काठमाडौ ठमेलमा ट्रेकिङ्ग एजेन्सीको व्यवसाय संञ्चाल गर्दै आएका २७ वर्षीय गोकुल तिमल्सेना सम्र्पक विहिन भएका हुन् । तिमल्सेना आफैले संञ्चानल गर्दै आएको नेपामाउण्ट ट्रेकिङ्ग प्रा.लीबाट सहयोगी, विदेशी नागरीक सहित नौ जनाको समुहमा बैशाख १० गते लाङटाङ क्षेत्रतर्फ घुम्न गएका थिए । उक्त सुहमा गएका ६ जना काठमाडौ आएर सम्र्पकमा आएपनि तिमल्सेना अर्का एक नेपाली र एक जना विदेशीको बारेमा कुनै पनि जानकारी हाल सम्म थाहा हुन नसेको उनका भाई राजकुमार तिमल्सेनाले बताए । उनले भने “म १४ गते देखी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विहान देखी राती सम्म दाईको खबर थाहा पाउन प्रत्येक घाइते र ल्याइएका शब बारे बुझने गर्छु, तर दाईको अवस्था के छ अतोपत्तो छैन्” । रसुवा जिल्लाबाट उद्धार गरी ल्याएका घाइेत तथा शवको बारेमा राजधानीका सबै अस्पतालमा जानकारी लिइएपनि हाल सम्म कुनै सुचना नपाएको तिमल्सेनाका मामाको छोरा केदार ढकाले बताए ।