निधारका रेखाले बताउँछ कुन मान्छेसँग कति धन हुन्छ र कति कमाउन सकिन्छ

अधिकाँश मानिसलाई आफ्नो भविष्यको विषयमा पिर हुन्छ । जीवनमा कति कमाउन सकिन्छ  कस्तो सुख भोग गर्न सकिन्छ भन्ने पिर नगर्ने मानिस कमै हुन्छन् ।

समुन्द्र शास्त्रले मानिसको निधारका रेखाबाट उ कति धनी हुने भन्ने कुरा सजिलै थाहा हुने दावी गर्छ ।
जुन् ब्यक्तिको निधारमा चार शुभ रेखा भएमा राजा समान जीवन जिउने बताइन्छ । राजा वा प्रधानमन्त्री बनेर सुख भोग गर्नका लागि निधारमा चार शुभ रेखा हुनु पर्ने समुन्द्र शास्त्रको दावी छ ।

निधारमा समान आकारका तीन रेखा हुने ब्यक्तिले जीवनमा सुख भोग गर्छन् खासगरी उनीहरुको वृद्धावस्था निक्कै सुखमय हुन्छ ।

निधारका रेखाले मानिसको आयु समेत जानकारी दिन्छन् ।
समान र शुभ रेखा बढी हुने ब्यक्तिको जीवन दीर्घायु र सुखी हुने र टुटेका रेखा भएमा अल्पायु तथा दुःखी हुने बताइन्छ ।

रेखा असमान भएमा यस्ता ब्यक्तिको स्वभाव पनि खराव हुन सक्छ भने जसको निधारमा त्रिशुलको आकार जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति धनी र सुखी एवं दीर्घायु हुन्छन् ।