हल्ला मात्रै होकी ? अर्का ज्योतिष यसो भन्छन्

May 18, 2015
काठमाडौं । बैशाख १२ मा गएको महाभुकम्पपछि पनि लगातार आइरहेको पराकम्पनले गर्दा यतीबेला आम नेपाली त्रासमा बाँचीरहेका छन् ।
अब के हुन्छ भन्ने विषयमा सबै अन्यौलग्रस्त त छन् नै । यस बीचमा जेष्ठ ५ गते प्रलय हुने भन्ने हल्ला चलेपछि यतीबेला थप अन्यौलता श्रृजना भएको छ ।
ज्योतिषहरुले नै नेपालमा थप प्रलय हुनसक्ने भन्ने प्रचारबाजी गर्न थालेपछि आम मानिसहरु थप त्रासमा बाँच्न बाध्य भएका छन् । यस्तोमा जेष्ठ पाचमा प्रलय हुने भन्ने हल्लाका बारेमा ज्योतिषहरु पनि मुछिएका छन् ।
सर्बसाधारणमा देखिएको त्रासका बारेमा नेपाल सन्देशसँग टेलिफोनमा कुरा गर्दै ज्योतिष पण्डित विहंगमराज तिमिलसेनाले भने प्रलयको कुनै सम्भावना नरहेको दाबी गरे ।
उनले गुरु बृहस्पती दाहीना रहेको र राशि स्वामि मंगल रहेकाले शनिको सामना गर्नसक्ने शक्ति रहेको बताए ।
उनले ग्रह र राशिको संयोजन हेर्दा मंगलले नराम्रो समयलाई पनि नियन्त्रण गर्नसक्ने देखिएकाले नआत्तिकन बस्न आम नेपालीलाई आग्रह समेत गरे ।
अब शान्ति र स्थायीत्वतर्फ मुलुक अघि बढ्ने भन्दै तिमिलसेनाले निकट भविष्यमा मुलुकका केही भुभागमा भने जल प्रकोप हुनसक्ने बताए ।
ज्योतिष तिमिलसेनाले तरलतामा गुम्सिएको पोइजनहरु कम्पन भैसकेकाले अब कुनै समस्या नहुने बताए । उनले १९९० साल देखि अहिलेसम्मको भुगर्भको अध्ययन र ज्योतिषशास्त्रीय अध्ययनले अर्को प्रलयको सम्भावना नरहेको बताए ।
तिमिलसेनाले राष्ट्रहितकालागि तान्त्रीक पुजा आवश्यक रहेको भन्दै दश महाविद्याको साधना गर्नुपर्नेमा जोड दिए ।स्रोत : नेपाल संदेश