राजधानीमै बन्दैछ लासहरुको छुट्टै सहर !हेर्नुहोस, (फोटो फिचर)
लासहरुको यो सहर इजरायलको राजधानी जेरुसेलममा बन्न लागेको हो । जेरुसेलमलाई यहुदीहरुको पवित्र सहर पनि मानिन्छ । यहुदीहरुले मानिस मरिसकेपछि जेरुसेलममै अन्त्येष्टि गर्दछन् । इजरायलमा वर्षेनी ३५ हजार यहुदीको मृत्यु हुने गरेको छ । सोही कारणले अन्त्येष्टिका लागि समेत जग्गाको अभाव हुदै गएको छ र बचेको जमिनको भाउ पनि आकाशिएको छ ।
अन्त्येष्टिका लागि जग्गाको अभाव हुँदै गर्दा समस्याको समाधान खोज्दै मानिसहरुले ५ करोड डलरको कोष खडा गरेर विशाल मुर्दाघर बनाउन थालेका छन् । उक्त मुर्दाघरमा २० हजार भन्दा पनि बढि लासलाई अन्त्येष्टि गर्न सकिनेछ । उक्त भवनमा कैयन् भूमिगत सुरुङ हुनेछन् ।