रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ घाइते
१४ जेठ, रोल्पा । रोल्पाको माडिचौरमा जीप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार एकै परिवारका तीन जनासहित ४ जना गम्भीर घाइते छन् । गम्भीर घाइते कुरेली–४ का पूर्णवीर घर्ती, उनकी श्रीमती भीमकुमारी बुढा, छोरी माया घर्ती र पाछाबाङका भूपप्रसाद बुढाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
१५ जना यात्रु बोकेको जीप सहचालकले चलाउँदा सडकबाट झण्डै ५० मिटर तल्लो सडकमा खसेको बताइएको छ । चालक तथा सहचालक दुवै प्रहरी नियन्त्रणमा छन् ।