पहिरोले थुनिएपछि यस्तो छ कालीगण्डकी (फोटो फिचर)
फोटो :पहिरोले थुनिएपछि कालीगण्डकीको पानी पुरै सुकेको छ । तस्बिर : गोपाल छन्त्याल
म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले थुनिएपछि कालीगण्डकी सुकेको छ ।
राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएपछि त्यहाँ भन्दा तल्ला भेगमा कालीगण्डकी सुकेको हो ।
राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । पहिरो झरेको स्थानभन्दा माथिा ठुलो ताल बनेको छ । बैंसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।
अहिले कालीगण्डकीमा म्याग्दीको बेनीबाट मिसिने राहुगंगा खोलाको पानीमात्रै बगिरहेको छ । पहिरोले बनेको बाँध खुलाउन काठमाडौंबाट नेपाली सेनाका विशेषज्ञ टोली हेलिकोप्टरबाट घटनास्थलतर्फ जाँदैछ ।
