नेपाललाई सहयोग गर्न विदेशीहरु आतुर

काठमाडौँ, जेठ १२ –नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले भूकम्प प्रभावित नेपाललाई सहयोग

गर्न विदेशीहरू आतुर रहेको बताएका छन् । रूसमा भएको एसियाली राजनीतिक दलको सम्मेलन (आइक्याप) मा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले सम्मेलनमा नेपालमा भएको क्षतिबारे आइक्यापले जतिसक्दो चाँडो छुट्टै सम्मेलन गर्ने विषयमा पनि कुरा उठेको जानकारी दिए । । नेता खनाललाई उद्धृत गर्दै उहाँका सहयोगी कृष्ण भट्टराईले नेपालमा साना तथा मझौला उद्योगको स्थापना गर्न तथा स्थानीय स्रोत तथा साधनको अधिकार प्रयोग गरी व्यापक रोजगारीको सिर्जना गर्नेबारेमा सम्मेलनले जोड दिएको जानकारी दिए । यही जेठ ६ देखि ९ गतेसम्म भएको सो सम्मेलनमा ४० देशका १५० प्रतिनिधिको सहभागिता थियो ।