भूकम्पका बारेमा यसो भन्छन् ,अमेरिकी भुगर्भविद.



काठमाडौं – मङ्गलबार मध्यान्ह गएको भूइचालोको धक्कापछि विस्तारै धक्का कम हुँदै गएको छ । अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस)का अनुसार नेपाली समय मध्यान्ह १२ बजेर ५६ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केलको भूइँचालो गएको भूइचालोको धक्काहरु विस्तारै कम हुँदै गएको छ ।
कोदारीलाई मुख्य केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको सो भूइचालोपछि नेपालका विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर ५ पटक धक्काहरु गएको थियो । तर ती सबै भूइचालोको धक्का भने कम हुँदै गएको युएसजिएसले उल्लेख गरेको छ ।
Earthquake-newsabhiyan६ दशमलव ७ रेक्टर स्केलको भूइचालो गएपछि कोदारीलाई नै केन्द्रविन्दु बनाएर क्रमशस् ५ र ४ दशमलव ७ रेक्टर स्केलका दुईपटक भूइचालो गएको छ ।त्यसपछि पनौती, नगरकोट र काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पकोमापन क्रमश ४ दशमलव ६ र ४ दशमलव ५ रेक्टर स्केलको गरिएको थियो ।
अब ठुलोभुकम्प नआउने सानोतिनो भूकम्प भोलि ३ बजे सम्म जाने त्यसले कुनै असर नगर्ने हुदा अमेरिकी भुगर्भविदले नआत्तिकन ढुक्क भएर बस्न आग्रह गरेका छन् । अब नेपालमा भूकम्प कम हुदैँ जाने अमेरिकी भुगर्भविद भनाइ छ ।