दुर्इ नाबालक छोरीलार्इ छाडेर आत्महत्या
फोटो :फाइल फोटो
गौशाला : महोत्तरीको हलखोरी गाविसमा गएराति एक महिलाले आफ्ना दुई दुधे बालिकालाई छाडेर आत्महत्या गरेकी छिन् ।
हलखोरी गाविस–९ चकवाका सुनिल यादवकी २३ वर्षीया पत्नी रञ्जुदेवी यादवले दुई वर्षीया र चार महिने छोरीलाई छाडेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति दुवै छोरीलाई लिएर सुत्न गएकी रञ्जुदेवीले सुत्ने कोठाको पङ्खामा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
गाडी चालक रहेका उनका पति कहिलेकाँही मात्रै घर आउने गरेका थिए । सासु, ससुरा अर्को कोठामा सुतिरहेको अवस्थामा उनले आफ्नै कोठामा आत्महत्या गरेकी हुन् । रासस