कान दुख्ने समस्या समाधानका लागि २०० वर्ष पुरानो घरेलु उपचार


कान दुख्ने समस्या समाधानका लागि २०० वर्ष पुरानो घरेलु उपचार
कान दुख्ने समस्याले अधवैशे तथा केटाकेटी दुबैलाई पिरोल्छ । तथ्याङक लाई हेर्ने हो भने, आमा तथा बुबाहरु आफ्ना नानीहरुको कान दुख्ने समस्याको समाधानका लागि औषधी उपचारका लागि भौतारीरहेका हुन्छन् ।
यस्तो समस्यालाई चिकित्सकहरु ओटालजीया भन्ने गर्छन् । यसमा तपाईको दुबै वा एउटा कान दुख्ने हुन सक्छ । यस्तो समस्यामा सहनै नसक्ने अथवा हल्का प्रकारको दुखाइ पनि हुनसक्छ ।
ओटालजीया हुने कारणहरु

१. कानमा कुनै बस्तु घुसारेको खण्डमा

२. स्याम्पु वा पानी कानमा पसेको खण्डमा

३. जन्मजात कान पाक्ने समस्या भएको खण्डमा

४. धरै मात्रामा कानेगुजी भएको खण्डमा

५. साइनस इनफेक्सन भएको खण्डमा

६. शरीरको तापक्रममा परिवर्तन भएको खण्डमा कानमा समस्या आउन सक्छ

७. दाँत दुख्ने समस्या भएको खण्डमा

यो २०० वर्ष पुरानो प्राक्रितिक उपचार पद्धती अपनाउनुहोस् र कान दुख्ने समस्याबाट छुट्कारा पाउनुहोस् ।

सावधानी पूर्वक एउटा ओखर फुटाउनुहोस् । एउटा चक्कुको सहायताले ओखरको बोक्रा हटाउनुहोस् र गुदीमा अलिकति तेला खन्याउनुहोस् ।
एउटा तातो तावामा ओखरको गुदीलाई राख्नुहोस् । यसलाई २ मिनट सम्म उम्लिन दिनुहोस् । तेल पोखिन दिनु हुँदैन भन्ने कुरामा सतर्कता अपनाउनु पर्छ । गुदीबाट एक प्रकारको आयोडिन निस्किन्छ जसले दुख्ने समस्या समाधान गर्छ ।

अव ओखरको गुदीबाट निस्किएको तेललाई एउटा सिरिन्जको सहायताले तान्नुहोस् र सावधानी पूर्वक त्यो तेल अर्थात ओखतीलाई  दुखेको कान भित्र राख्नुहोस् । यो ओखती कानमा राख्ना साथ दुखाई हराएर जान्छ ।