अमेरिकी सेनाको हेलिकोप्टर कालिन्चोक नजिक पलाञ्चोक डाँडामा दुर्घटनाग्रस्त

जेठ, काठमाडौ । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकबाट उत्तर पश्चिम घोर्थली भन्ने ठाउँमा देखिएको सैनिक स्रोतले जनाएको छ ।

स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक घोर्थली क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको छ ।
कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली त्यसतर्फ गएको थियो ।
११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।
उक्त हेलिकोप्टर वेपत्ता भएपछि विभिन्न किसिमका अड्कलबाजी गरिएका थिए । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए ।
बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।