News
»
गृहमन्त्री बामदेव गौतमलाई आफ्नै पार्टीका नेता अमृत बोहोराले मन्त्रालयमै पुगेर यसरी मुख छाडेपछी.
गृहमन्त्री बामदेव गौतमलाई आफ्नै पार्टीका नेता अमृत बोहोराले मन्त्रालयमै पुगेर यसरी मुख छाडेपछी.
काठमाण्डु, ५ जेठ– बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको चीनको
खासादेखि सिन्धुपाल्चोकको बाह्विसे सडक चीनले रातारात खुलाएको समाचार बाहिर
आएपनि त्यससँग जोडिएका कतिपय सन्र्दभ अझै बाहिर आएको छैन ।
उक्त सडक खुलाउन चीनले कम्ती पापड बेल्नु परेन । सडक खुलाउन भनेर सिमासम्म
आएको चीनियाँ सैनिकलाई नेपाल सरकारले अनुमति नै दिएन । भुकम्प पछि नेपालमा
भारतीयको दादागिरी उदांगो भएका बेला सरकारले सडक खुलाउन चीनलाई अनुमति
नदिएपछि सरकारको भूमिकालाई लिएर सभासद्हरु नै आक्रोशित बने ।
खासगरि सिन्धुपाल्चोकवाट प्रतिनिधित्व गर्ने सबै सभासद्लाई लिएर एमाले नेता
अमृत बोहराले गृहमन्त्री बामदेव गौतमलाई उनकै कार्यकक्षमा पुगेर झपारेपछि
बल्ल सरकार पुर्ववत् अडान बाट एक कदम पछि हटेको थियो ।
हत्तपत्त नरिसाउने तर रिसाएपछि आँखा नदेख्ने एमाले नेता बोहराले गृहमन्त्री
गौतमलाई कडा स्वरमा प्रश्न गरेका थिए– ‘तपाई नेपाल सरकारको मन्त्री हो कि
भारत सरकारको ? नेपालको सडक अवरुद्ध छ, चीनले खुलाईदिन्छौ भन्दा अनुमति दिन
तपाईलाई के ले रोक्यो ? यसको जवाफ दिनुस् ।’
सेतका अनुसार, आफ्नै पार्टीका नेताले अरु पार्टीका सभासद्लाई साक्षी राखेर
आफ्नै कार्यकक्षमा हप्काएपछि गृहमन्त्री गौतम धेरै बोल्न सकेन । उनले
त्यसैदिन चीन लाई बाटो खुलाउन अनुमति दिने प्रतिवद्धता जनाएपछि
सिन्धुपाल्चोकका सभासद्को टोली फर्कियो । त्यसैदिन चीन बाटो खुलाउने अनुमति
पनि पायो । अनुमति पाउनसाथ २१ वटा एक्साभेटर र सयौं निमार्ण सामाग्री
बोकेर हजारौंको संख्यामा आएका चीनिया सेनाले रातारात अवरुद्ध बाटो खुलाएका
थिए ।
Labels:
News
