धरहरामा परे एकै परिवारका ६ जना

काठमाडौं,वैशाख २३ – यामबहादुर लिम्बूले धरहरा चढ्न नचाहेको भए सायद एकै परिवारका ६ सदस्यको ज्यान जाने थिएन । उनकै अनुरोधमा दिदी बुद्धरानी लिम्बू, भिनाजु पीताम्बर तिगेला लिम्बू, भान्जा प्रवेश, भान्जी कौशिला र भतिजा सञ्जु हाङको ज्यान गयो । वैशाख १२ गते ११ः५६ बजे गएको महाभूकम्पमा उक्त परिवार धरहरा उक्लिएका थिए । धनकुटा परेवा दिनका यामबहादुर सिंगापुर पुलिस फोर्समा कार्यरत सार्जन पदमा कार्यरत थिए । पत्नी, दुई छोरी र छोरालाई सिंगापुरमै छाडेर चारमहिने छुट्टिमा नेपाल आएका थिए । उनी छुट्टी सकेर सोमबार सिंगापुर कार्यथलोमा फर्किने तरखरमा थिए । तर, शनिबारै संसार छाडे, आजको कान्तिपुर दैनिकमा खबर छ ।