फेसबुकमा स्टाट्स लेखेर कोरियामा नेपालीले गरे आत्महत्या

ramhari baralमीनप्रकाश उप्रेती सोल, जेठ ५–“मर्न कसैलाई रहर हुँदैन….” भन्ने आशयको फेसबुकमा सोमबार बिहान नौ बजे स्टाट्स लेख्दै एकबर्ष अगाडी दक्षिण कोरिया आएका लेखनाथ नगरपालीका कास्की घर भएका रामहरि बरालले सोमबार बेलुका आफनै कोठामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । दक्षिण कोरियाको ख्यङगिदो सिटी अन्र्तगत ह्रवासङ् सि ससिङमेन कम्पनिमा फलामको काम गर्ने बरालको साथमा छ पृष्ठलामो सुसाईडनोट भेट्टिएको छ भने साथमा साँढे तीन लाख भन्दा बढी रकमपनि रहेको र सुसाईडनोटमा उल्लेख भएअनुसारको आशय बुझदा पारिवारीक तनाब,आफना चाहनाहरुमा परिवारबाट सर्पोट नहुँनु,दाई सिंगापूर पलायन हुँनु,पारिवारीक जिम्मेबार आफुमा मात्र रह्नु, जस्ता कारणहरु रहेको साथै कुटनीतिक प्रक्रियामार्फत नेपालमा रहेका मृतकका आफन्तलाई आजै जानकारी पठाईएको र प्रक्रिया पुराहुनासाथ नेपाल पठाइने दक्षिण कोरियाका लागि श्रमसहचारी अनिल गुरुङ्गले जानकारी गराए । दक्षिण कोरियामा पछिल्लो चारमहिनाको तथ्याङ्क हेर्दा आठ जना नेपालीको मृत्यु मध्य चारजनाले आत्महत्या गरेका छन् भने नेपाली दुतावासको स्थापनाको एकदशक नपुग्दै असीजनाको हाराहारीमा नेपालीको बिभिन्न कारणबाट मृत्यु भएको देखिन्छ । -