एकाबिहानै चार म्याग्निच्यूडका भूकम्पको दुई वटा धक्का


काठमाडौं: शुक्रबार बिहानै भूकम्पको फेरि दुई वटा धक्का महसुस भएको छ। बैशाखमा दुई ठूला भूकम्पपछि परकम्प जाने क्रममा शुक्रबार पनि जारी छ।  
 
आज बिहान मात्रै १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूड र  बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
बिहिबार बिहानदेखि मध्यरातिसम्ममा चार म्याग्निच्यूटमाथिका सात वटा परकम्प गएको थियो। तीमध्ये तीनवटा दोलखा, दुर्इवटा गोरखा र धादिङ, एउटा काठमाडौ‍ र अर्को सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको परकम्प गएका थिए।