भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार सात सय ५९ पुग्यो

फाइल तस्वीर
२४ बैशाख, काठमाडाैं । वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार सात सय ५९ पुगेको छ ।
१६ हजार चार सय ३२ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९ सय ९१ पुगेको छ भने काठमाडाैंमा एक हजार दुर्इ सय १० पुगेको छ ।
फाइल तस्वीरभूकम्पका कारण १० हजार सात सय ९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९ सय ९७ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ८८ हजार सात सय ९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ५४ हजार एक सय १२ घर क्षति भएको मन्त्रालयले जनाएको छ ।