युवतीमाथि दुव्र्यवहार गरेपछि भरतपुर अस्पतालका मेसु डा. विजय पौडेल काठमाडौंमा पक्राउ
चितवन, जेठ २, सडकमा हिडिरहेकी युवतीमाथि दुव्र्यव्यवहार गरेपछि भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विजय पौडेल पक्राउ परेका छन् ।
आज दिउँसो काठमाडौंस्थित आफ्नै निवास मध्यबानेश्वरमा सडकमा हिडिरहेकी एक युवतीमाथि डा.पौडेलले दुव्र्यवहार गरेपछि होहल्ला मच्चिएको थियो । स्थानियका अनुसार मादक पदार्थ सेवनगरि हिडेका डा. पौडेलले स्थानिय एक पसलका सामान समेत फालिदिएका थिए । डा.पौडेलले आफ्नै घरमा काम गर्न राखेका बालकलाई समेत कुटपिट गरेका छन् । उनको कुटाईबाट बालक घाईते समेत भएका छन् ।
केहीदिन अघि मात्र काठमाडौं गएका डा. पौडेलले वितण्डा मच्चाएपछि प्रहरीले पक्राउ गरेको हो । चिकित्सक जस्तो व्यक्ति मादक पदार्थ सेवनगरि महिलामाथि दुव्र्यवहार र बालकलाई कुटपिट गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा.पौडेललाई तीनकुने प्रहरी कार्यालयमा राखिएको छ ।
डा.पौडेललको पहिलो पटक यस्तो कार्यमा फसेका भने होइनन् । उनी पटक–पटक चितवनमा यस्तै किसिमका हर्कत गर्दै आईरहेका छन् । यसअघि पनि भरतपुर अस्पतालको मेसुमा नियुक्त भएपछि सोही अस्पतालमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको कुरा बाहिर आएको थियो । विभिन्न संगसंठनले त्यसकार्य प्रति विरोध समेत जनाएका थिए ।
त्यस्तै आफ्नै निजी अस्पताल चौविसकोठीमा रहेको चितवन अस्पतालका शेयर सदस्यमाथि पनि दुव्र्यवहार गरेका थिए । उनलाई विगतमा प्रमुख जिल्ला अधिकारीले चेतावनी दिदै छोडिएको थियो । तर डा.पौडेलले आफ्नो व्यवहारमा अझै परिवर्तन गर्न सकेका छैनन् । मेडिकल सिटी चितवनमा सबैभन्दा बढि विवादस्पद चिकित्सकको रुपमा डा.पौडेल पर्छन् ।