दिउँसो ३ बजेर ४४ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ५.२ म्याग्निच्यूडको पराकम्प

काठमाडौं, जेष्ठ १५ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पनहरु जानेक्रममा रोकिएको छैन । शुक्रबार पनि दिउँसो ४ बजेसम्म ५ ओटा पराकम्पनहरु गएका छन् ।

दिउँसो ३ बजेर ४४ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ५.२ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको झड्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

यसअघि,दिउँसो साढे १२ बजे गोरखा र धादिङ आसपास सीमा केन्द्रबिन्दू भएर ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको थियो ।
त्यसअघि, बिहान साढे ८ बजे गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूड, बिहान  ५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूड र मध्यरात १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडकै पराकम्प गएको केन्द्रले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम केही समय रहनसक्ने भन्दै विज्ञहरुले सर्वसाधारणलाई नआत्तिन र सचेत रहन सुझाउँदै आएका छन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/48310/29/.shtml#sthash.72OcOaTU.Bxnrr5vR.dpuf