फेसबुकमा बसेको मायाले प्रेमीको घर अगाडी धर्ना

Sangita_Facebook_Love_Ranchi_307912210ओएस नेपाल, काठमाडौं, १५ जेठ – भारतको मध्यप्रदेश राज्यस्थित राँचीका एक युवाले जिल्ला कृषि अधिकारी बनेर फेसबुकमा च्याट गरी एक युवतीसँग गरेको प्रेमको नाटकले अनौठो मोड लिएको छ । फेसबुक च्याटिङबाट शुरु प्रेमपछि यौनसम्पर्क गरी छोडेर भागेपछि उनकी प्रेमिका ती युवाकै घरमा धर्ना बसेकी छन् ।
यौन शोषणको मामिलामा सजाय पार्इ जेल पुगेका ती युवा युवतीसँगको सहमतिमा जेलबाट रिहा भएलगत्तै भागेपछि धर्ना बसेकी हुन् । जेलबाट छुट्नुअघि भएको सम्झौताका आधारमा प्रेमीसँग बिहे गर्नका लागि प्रेमिकाले उनको घर अगाडि धर्ना थालेकी हुन् । फेसबुकबाट शुरु प्रेमपछि बिहेको लोभ देखाएर युवतीमाथि यौन शोषण गरेको मामिला गत नौ अप्रिलमा बाहिर आएको थियो ।
सो घटनामा मध्यप्रदेशकी सतना गाउँ निवासी संगीता बर्माले बिरनी ठानामा आफ्ना प्रेमी सुइयाडिह गाउँ निवासी रतन रायका छोरा विक्रम कुमारले आफूलार्इ बिहेको आशा देखाएर यौनशोषण गरेको मुद्धा दर्ता गराएकी थिइन् । उनको उजुरीपछि विक्रम कुमार जेल पुगेका थिए ।
मध्यप्रदेशको सतना गाउँ निवासी अरविन्द सत्यनाकी पत्नी संगीता बर्माकी साथी बिर्नीकी सुईयाडिह गाउँ निवासी रतन रायका छोरा विक्रम कुमारसँग फेसबुकबाट भेट भयो । यो मित्रता बिस्तारै बिस्तारै प्रेममा परिणत भयो । माया गाढा हुँदै गएपछि यी दुर्इबीच २१ फेब्रुअरी २०१४ मा जबलपुरमा दुबैको भेट भयो ।
उनीहरु भेट भएपछि दुबैजनाले एक अर्काबीच सँगै बाँच्ने सँगै मर्ने कसम खाए । प्रेम गाढा हुँदै गर्दा एक दिन अचानक प्रेमिका संगीतालार्इ छाडेर प्रेमी बिक्रम फरा भए । आठ अप्रिलमा प्रेमिका संगीताले प्रेमी बिक्रम कुमारलार्इ खोजी गरेर निकालि छाडिन् । तर प्रेमी विक्रमले त्यो बेला संगीतासँग बिहे गर्न इन्कार गरे । सोही कारण संगीता अहिले बिहेका लागि बिक्रमको घरमा धर्ना बस्न बाध्य भएकी हुन् ।
आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरिसकेकी संगीता र उनका प्रेमी बिक्रमबीच कुरा मिलाउन उनीहरुलार्इ एक दिन एक रातको समय दिएका थिए । दुबैको सल्लाह बमोजिम बिक्रम जेलबाट निस्के । अदालतमा आफूले दायर गरेको मुद्धा फिर्ता लिएपछि संगीताले बिक्रमसँग बिहे गर्नैका लागि पहिलो पति अरबिन्द सत्यनामीसँग कानुनी प्रक्रिया पूरा गरेर सम्बन्ध बिच्छेद गरेकी थिइन् । विक्रमसँग बिहे गर्न अदालतको आदेशअनुसार उनले सम्बन्ध बिच्छेद गरेकी थिइन् ।
संगीताले भारतीय सञ्चारमाध्यमलार्इ बताए अनुसार बिक्रमले नै उनलार्इ घर छाडेर उनको गाउँ सुइयाडिह आउन भनेका थिए । तर उनी त्यहाँ आइसकेपछि विक्रम गाउँ छाडेर भागे ।  संगीताले एक पटक आफ्नो सामुन्ने आएर बिक्रले आफूलार्इ पत्नीकारुपमा स्वीकार्ने नस्वीकार्ने भनेको सुन्न चाहेको बताएकी छन् ।
बिक्रमले बिहे गर्न नमानेमा उनले आफू पुन: कानुनको सहयोग लिन अदालत जाने बताएकी छन् । बिहे गर्नैका लागि अदालतको मुद्धा पनि फिर्ता लिएकाले बिक्रमले आफूसँग बिहे गर्नेपर्ने उनको भनाइ छ । बिरनी ठानका प्रमुख कामेश्वर कुमारले भने यदी युवतीले जाहेरी दर्ता गराएमा बिक्रम कुमारमाथि कानुनी कारबाही थालिने बताएका छन् । एजेन्सी