नसालु पदार्थ खुवाइ लुट्ने २ नेपाली पक्राऊ
आरपी सुवेदी
५ जेठ, नेपालगन्ज । बाँके प्रहरीले भारतबाट कमाई गरी नेपाल आउने यात्रुलाई लक्षित गरी नसालु पदार्थ खुवाइ लुट्ने काममा संलग्न २ नेपाली युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले कालिकोट रकु-६ का २८ वर्षीय बसन्त बुढा र २२ वर्षीय गोविन्द बुढालाई पक्राउ गरी मंगलबार सार्बजनिक गरेको हो ।

उनीहरुले विस्कुट, पानी र अन्य पेय पदार्थमा नसालु औषधि मिसाइ खुवाएर लठ्याउने र नगद तथा गरगहना लुटेर फरार हुने गरेको प्रहरीको भनाइ छ ।