आँधीहुरीसँगै भूकम्पको अर्काे .धक्का महसुस
आँधीहुरीले त्रिभुवन विमानस्थल बन्द
काठमाडौं : मंगलबार राति आँधीहुरीसँगै भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।रसुवालार्इ केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि राति १० बजे ललितपुर र काभ्रे जिल्लाको सिमाना केन्द्रबिन्दू भएको भूकम्प गएको थियो । उपत्यकालार्इ नै केन्द्रबिन्दु बनाए र ४.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि साँझ ६ बजेर ३९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भयो ।
मंगलबारै साँझ ५ बजेर ४८ मिनेटमा दोलखा नै केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूटको र दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युटको भूकम्पको धक्का महुसस भएको हो ।
त्रिभुवन विमानस्थल बन्द
मंगलबार राति काठमाडौंमा ठूलो आँधीहुरीसहित पानी परिरहेको छ । राति साढे १० बजेदेखि शुरु आँधीहुरीका कारण त्रिभुवन विमानस्थल पनि बन्द भएको छ ।
आँधीहुरीका कारण साढे १० बजे रातिदेखि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
