उहाँले अहिले सङ्कटको समयमा सम्पूर्ण नेपाली एकजुट भई एक अर्कालाई सहयोग र सद्भाव कायम गरी पुनःनिर्माणमा जुट्नपर्ने धारणा राख्नुभयो ।
भूकम्पपीडित लाई जस्तापाता वितरण गर्दै हिमानि शाहले यसो भनिन्
भूकम्पका कारण ठुलो क्षति व्यहोरेका धादिङको तसर्पू गाविसका ५०० भूकम्प पीडित परिवारलाई हिमानी कोषद्वारा शनिबार तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । उक्त गाविसमा करिब एक हजार २०० घरधुरी रहेका तथा ९ वडामध्ये ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले ती सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।कोषका अध्यक्ष हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गरिएको बताउनु भयो ।