भूकम्पको डरले काठमाडौं छाडेकी युवतीको बसमा नै बलात्कार

भूकम्पको त्रासका कारण काठमाडौंबाट घर हिँडेकी युवतीलाई कन्डक्टरले बसमै बलात्कार गरे।

गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ ।
कान्तिपुर दैनिकमा समाचार छ ।

पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राय गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।