हराएको अमेरिकी विमान दुर्घटनामा परेको आशंका
फोटो :फाइल तस्बिर
काठमाडौं : मंगलबार दिउँसोको शक्तिशाली भूकम्पपछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको विमान दुर्घटनामा परेको आशंका गरिएको छ।
हराएको विमानको खोजी गर्न नेपाली सेनासहितको विशेष टोली हेलिकोप्टरमा परिचालन गरिएको थियो। बुधबार बिहानै सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ।
मंगलबार अपरान्ह काठमाडौंबाट उडेको हेलिकोप्टर दोलखाको हिमाली क्षेत्रको आकाशबाट सम्पर्कबिहिन भएको थियो। बीबीसीका अनुसार अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डका प्रवक्ता डेभि इस्टब्राउनले हेलिकोप्टर हराएको पुष्टि गरेका थिए।
