फेसबुकमा केटी साथीको अश्लिल सामग्री पोष्ट गर्ने पक्राउ
काठमाडौं, जेठ ४ – सामाजिक सञ्जाल फेसबुकमा अश्लि सामग्री पोष्ट गरी आफ्नै केटी साथीको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा जनकपुर नगरपालिका वडा नम्बर ५ बस्ने सन्तोष कुमार रौनियार रहेका छन् । २८ वर्षीय रौनियार जेठ १ गते राजधानीको दरबारमार्गबाट पक्राउ परेका हुन् ।
रौनियारले विभिन्न पेजहरुमा फेक प्रोफाईल मार्फत आफ्नै महिला साथीको विभिन्न अश्लिल तस्विर, भिडियो पोष्ट गरी धम्कीपूर्ण मेसेज समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आच आउने किसिमको कार्य गरेकोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रौनियारलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागी जेठ ३ महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।