कतारमा कार्यरत नेपालीद्वारा भूकम्प पीडितलाई १० लाख
फोटो :फाइल फोटो
कतार : कतारस्थित बलेदिया कम्पनीमा कार्यरत नेपालीले भूकम्प पीडितलाई उद्धार तथा राहतमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख ११ हजार १११ सङ्कलन गरी पठाएको छ ।
उक्त कम्पनीमा कार्यरत नेपालीहरूले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको स्मृतिमा दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसभा कार्यक्रमको समेत आयोजना गरेका थिए ।
“एक हजार दुईसयभन्दा बढी नेपालीले थोपा थोपा गरेर सङ्कलन गर्दै रु १० लाख जुटायौँ सरकारले पीडित नेपालीलाई राम्रोसँग वितरण गरिदियोस्”– आर्थिक सङ्कलन संयोजक काशीराम सापकोटाले भने ।
