काम भनेको त रमेश खरेल ज्यु ले जस्तो पो गर्नुपर्छ त ? फटाफट

धादिङबाट चार दिनमै किन फर्किए रमेश खरेल ? गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पपछि धादिङमा खटाईएका नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल चार दिनमै फर्किएका छन् । नेपाल प्रहरीको भरतपुर तालिम केन्द्र चितवनको जिम्मेवारी सम्हाल्दै आएका एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालयले भूकम्प प्रभावित जिल्ला धादिङमा उद्दार तथा राहतका केही दिनका लागि खटाएको थियो । प्रधान कार्यालयले एक हप्ताको समय तोकेपनि एसएसपी खरेल चारदिनमै फर्किएका हुन् ।
 धादिङ उद्दार र राहतको काम फटाफट सकिएकाले चार दिनमै चितवन फर्किएको एसएसपी खरेलले बताए । खरेलसँगै प्रभावित जिल्लामा प्रहरी प्रधान कार्यालयले एक/एक जना एसएसपीलाई नेतृत्व लिने गरी खटाएको थियो । एसएसपी खरेल नाम जस्तै काम पनि फटाफट गर्छन् । 

जसका कारण चार दिनमै धादिङमा उद्दारको काम सके । उनले भूकम्प पीडितको अवस्था ज्यादै दयनिय रहेको भन्दै राहतका लागि गाँस बाँस प्रमुख आवश्यकता भएको समेत बताए । यसअघि एसएसपी खरेल काठमाडौं प्रमुख थिए ।@दैनिक नेपाल