विद्यार्थीले बनाए भूकम्प सूचक यन्त्र यन्त्रले मानिसले भन्दा पहिले जानकारी लिएर खतराको संकेत प्रदान गर्छ

चितवन, जेठ ६ –अक्सफोर्ड कलेजमा स्नातकमा इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्सको तेस्रो सेमिस्टार पढ्दै गरेका विद्यार्थीहरुले भूकम्प सूचक यन्त्र बनाएका छन् । उक्त यन्त्र बुधबार क्याम्पसमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 
इन्जिनियरीङका विद्यार्थीहरुले निर्माण गरेको उक्त यन्त्रले भूकम्पका तरङ्गहरु उत्पन्न भएपछि मानिसले भन्दा पहिले जानकारी लिएर खतराको संकेत प्रदान गर्ने बताइएको छ । पत्रकार सम्मेलन गरी विद्यार्थीहरुले दुई प्रकारका सूचक यन्त्र सार्वजनिक गरेका हुन् ।
विद्यार्थीहरुले निर्माण गरेको उक्त भूकम्प सूचक यन्त्रले दुई रेक्टर स्केल भन्दा माथिका सबै भूकम्पका कम्पनहरुको बारेमा जानकारी दिने विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले निर्माण गरेको दुई किसिमका भूकम्प सूचक यन्त्रको मूल्य एउटाको एक हजार रुपैयाँ र अर्कोको एक हजार पाँच सय रुपैयाँ पर्ने बताइएको छ । त्यसैगरी महाभूकम्पबाट आमाबाबु दुवै गुमाएका बालबालिका मध्ये कलेजले आठ जना विद्यार्थीलाई आवासिय सुविधा सहित निशुल्क रुपमा उच्च माविको शिक्षा प्रदान गर्ने बताएको छ ।
त्यसैगरी उक्त महाविपत्तिबाट आमा बुबा मध्ये एक जना गुमाएका १२ जना बालबालिकालाई निशुल्क रुपमा दश जोड दुई सम्मको शिक्षा प्रदान गर्ने बताएको छ । ति बालबालिकालाई कलेजद्वारा सञ्चालन भएको ग्लोसाइन एकेडेमी उच्च मावि, सेन्ट्रल बोर्डिङ, मिलिनियम मोर्डन कलेज तथा इडन गार्डेन उच्च मावि र नोबेल एकेडेमीमा पढाइ पढ्ने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।

समाचारसंग सम्बिन्धीत भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।