भूकम्पमा ज्यान गुमाउनेको संख्या ९६ जना दुई हजार ५६३ जना घाइते

काठमाडौँ, वैशाख ३१ – वैशाख २९ गते दिउँसो आएको भूकम्पको पराकम्पनबाट हालसम्म ९६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११, सिन्धुलीमा तीन, सर्लाहीमा तीन, महोत्तरीमा तीन, रौतहटमा दुई, गोरखामा दुई र धादिङ, नुवाकोट, सर्लाही, धनुषा र तेह्रथुममा एक÷एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।