सिन्धुली: विपी राजमार्गमा दुर्घटना, ११ घाइते
सिन्धुली: विपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका– ९ स्थित हिरापानीमा मंगलबार अपहन्न बोलेरो दुर्घट्ना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौंबाट सिन्धुली तर्फ आइरहेको कमलामाई यातायातको ज १ ज २६८ नम्बरको बोलेरो त्रिव्रगतीका कारण दुर्घट्ना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक राजेन्द्र थापाले बताए ।
गम्भीर घाइते हुनेमा कमलामाई नगरपालिका–९ की वर्ष ३० की हिरा गिरी र कमलामाई नगरपालिका १७ की वर्ष ३० कै मेनुका माझी रहेकी छन् ।
यस्तै लदाभिर गाविस ३ का वर्ष ३२ का विमलकुमार सुनुवार, रामेछाप जिल्ला गोसरा गाविस–७ का २३ वर्षका कृष्ण परियार, मकवानपुर जिल्ला घरभएका ३९ वर्षका मिनबहादुर तमाङ घाइते भएका छन् ।
कमलामाई नगरपालिका वडानम्बर ८ का वर्ष २१ का खुसलाल भुजेल, वडानम्बर ५ का वर्ष ४५ का दिलबहादुर श्रेष्ठ, सोही वडाका वर्ष ७२ की लक्ष्मी गीरी, वर्ष ३२ का नवराज शार्की, वडा नम्बर ४ का वर्ष ४० का प्रकाश कार्की र वडा नम्बर ६ का वर्ष ४० की समिक्षा तामाङ पनि घाइते भएको प्रहरी निरिक्षक थापाको भनाई छ ।
घाइतेहरुको कमलामाई नगरपालिका–९ स्थित मोर्डन एपोलो अस्पताल र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
तिव्र गतीमा आएको बोलेरो सडकमा यात्रागरीरहेका यात्रीलाई ठक्कर दिँदा दुर्घट्ना भएको प्रहरीको भनाई छ ।
बोलेरो सडकबाट ३० मिटर तल खसेको छ । दुर्घट्नापछि चालक फरार रहेकोले खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
तिव्र गतीमा आएको बोलेरो सडकमा यात्रागरीरहेका यात्रीलाई ठक्कर दिँदा दुर्घट्ना भएको प्रहरीको भनाई छ ।
बोलेरो सडकबाट ३० मिटर तल खसेको छ । दुर्घट्नापछि चालक फरार रहेकोले खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
