हेर्नुहोस विश्वभर फेसन बनेको सेल्फी फोटो खिच्ने तरिका ......(भिडियोसहित)

काठमाडौं, जेष्ठ १८ । नेपालमा मात्र होइन विश्वभर नै हिजोआज सेल्फी फोटो खिच्ने र सामाजिक संजालहरुमा अपलोड गर्ने फेशन चलेको हो ।
खुशीमा खिचिएको सेल्फीले त चर्चा पाउने नै भयो तर दुःखका बेला खिचिएको सेल्फीले भने आलोचना पनि खेपिरहेको छ ।
नेपालमा गएको विनाशकारी महाभूकम्पबाट ध्वस्त भएकासंरचना अगाडी बसेर खिचिएको सेल्फीहरुले धेरैको गाली खाएका छन् ।
सेल्फीकै बारेमा बनेको व्यङयात्मक कार्टुनहरुको पनि उस्तै चर्चा हुने गर्छ । कतिपय सेल्फी फोटोहरु सामाजिक संचालनहरुमा भाइरल नै बन्ने गरेको छ ।
वास्तवमा सेल्फी के हो र कसरी खिचिन्छ भनेर हालै एउटा भिडियो सार्वजनि भएको छ ।
सेल्फी फोटो खिच्दा देखाइने नाखाराबाजीलाई रमाइलो पाराले मोडेल उर्मिला तामाङ र सुरज अधिकारीले प्रस्तुती गरेका छन् ।
डिपी खनालको रचना र स्वर रहेको भिडियोलाई पत्रकार नबिन गुरुङले खिचेका छन् । कमल एक्छे मगरको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई पर्फमिङ आर्ट क्रियशन र स्ट्रिट नेपाल डटकमले निर्माण गरेको भिडियो रमाइलो छ ।