मलेसियामा दुर्इ युवाको मृत्यु

फोटो :फाइल फोटो
सप्तरी : रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै बिहीबार फेरि अर्का युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको भारदह गाविस-५ निवासी रामेश्वर दासका छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत जानकारी दिए ।

दासका अनुसार प्रभुको मृत्यु भएको कारणबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए ।

यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस-९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको पनि निधन भएको थियो ।

अचानक पेट दुखेपछि तत्कालै अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए । दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । रासस