१५ प्रेमिका घुमाउने पुरुष यसरी समातिए

फोटो :एजेन्सी
एजेन्सी : धोका दिएको र ठगेको अभियोगमा १५ जना प्रेमिका बनाएका एक पुरुष बुधबार पक्राउ परेका छन् ।

कलेज र विश्वविद्यालयमा अध्ययनरत १५ जना युवतीसँग डेटिङ जाँदै आएका ४१ वर्षीय तियानलार्इ चिनियाँ प्रहरीले राजधानी बेइजिङबाट पक्राउ गरी कारबाही अघि बढाएको हो ।

१५ जना प्रेमिका बनाएर घुमाउँदै आएका तियानले प्रेमिकाहरुबाट चार वर्षयता तीन लाख ५० हजार युआन ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी कारबाही थालेको हो ।

तियान आफैं १८ वर्षीया छोरीका बाबु हुन् । उनी एक लक्जरी कम्पनीका कार्यकारी प्रमुखसमेत छन् । उनले चीनकै सिङ्घुआ विश्वविद्यालय र पेकिङ विश्वविद्यालयबाट दुर्इ विषयमा उच्च शिक्षा हासिल गरेका छन् ।

उनले ती युवतीहरुलार्इ सामाजिक सञ्जाल क्युक्युबाट सम्पर्क गरी प्रेमिका बनाएको चिनियाँ प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले कम्तिमा पनि पाँच देखि छ वटा कलेज र विश्वविद्यालयका छात्राहरुसँग प्रेमको नाटक गरी ठगेको पत्ता लागेको हो ।