फेरी गयो दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फोटो :फाइल फोटो
काठमाडौं : सोमबार दिउँसो दोलखा केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।

सोमबार दिउँसो १ बजेर १९ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो । बैशाख १२ को शक्तिशाली भूकम्पयता निरन्तर साना ठूला परकम्पन गइरहेका छन् ।

यसअघि आइतबार राति ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।