दुई टाउको र तीन आँखा भएको सुँगुर जन्मियो, सुँगुर किसानलाई मालामाल


कोलम्बिया एउटा यस्तो सुँगुरको पाठो जन्मिएको छ, जसका दुइवटा टाउको छन् र तिनवटा आँखा छन् । हेगल आर्टेगा पाडिला नामका किसानले पालेको सुँगरले यस्तो पाठो जन्माएको हो ।
यो अनौठो सुँगुर जन्मिएलगत्तै त्यसलाई हेर्न आउनेको भिड लाग्यो । कसैले उक्त सुँगुरको फोटो खिचेर इन्टरनेटमा हाल्यो । त्यसपछि त दुइटाउके तथा तिन आँखे उक्त सुँगरको तस्वीर इन्टरनेटमा खुबै भाइरल बनेको छ ।
यस्तो विकृत जिउ भएका मानिस तथा जनावरको जन्मलाई अशुभ मान्ने चलन छ, हाम्रो संस्कारमा । तर कोलम्बियामा भने यो सुँगुर जस्ता अनौठो सरीर भएका जनावरलाई घरमा राख्नु शुभ मानिन्छ । दुइ टाउको तथा तिन आँखा भएका यो सुगुरको पाठोको सरीरको रौँ सेतो छ र ठाउँठाउँमा कालो रङको धब्बाहरु छन् ।
यो अनौठो सुँगुर इन्टरनेटमा भाइरल भएसँगै यसलाई खरीद गर्न चाहनेको होडबाजी मच्चिएको छ । किसान पाडिलाले कतिपय व्यापारीहरुले समेत यो सुगुर किन्नका लागि आफुसँग सम्पर्क गरेको बताएका छ । एकपछि अर्को गर्दै बढि भन्दा बढि मूल्यका अफरहरु आइरहेका उनले बताएका छन् ।
उक्त सुगुर आफ्नो लागि निकै लक्की रहेको र यसैले आफुलाई धनी बनाइदिने भन्दै पाडिला मख्ख छन् ।