फेरि गयो दोलखा केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प
काठमाडौं, १९ जेठ । मंगलबार ३० घण्टापछि गोरखा भूकम्पको पराकम्पन गएको छ । सोमबार बिहान ४ बजेर ३५ मिनेटमा पराकम्पन गएको ३० घण्टापछि मंगलबार बिहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ म्याग्नेच्युडकै पराकम्पन गएको थियो । गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको पराकम्पन जाने क्रम मंगलबार सम्म जारी रहेको हो ।
केही दिन यता पराकम्पन कमै मात्रामा जान थालेपछि राजधानीसहितको जनजीवन सामान्य बन्दै गएको छ । शक्तिशाली भूकम्प गएपछि पराकम्पन जाने भएकाले नआत्तिन तर सचेत रहन भने विज्ञहरुले सुझाव दिएका छन् ।मिडिया एनपी