श्रीमतीलाई छल्दै अन्तै सल्किदाँ

एक विवाहित पुरुष आफ्नी श्रीमतीको आँखा छलेर अर्कै युवतीसगँ सल्किदाँ बेहाल भएको छ । केहि पुरुषहरु आफ्नी श्रीमतीको आँखा छलेर ढाँटेर अर्की महिलातर्फ लसिन्छन् । त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या उत्पन्न हुनसक्छ।
एक नयाँ अध्ययनअनुसार जुन विवाहित पुरुषले श्रीमतीका अतिरिक्त अर्की कुनै महिलासँग शारीरिक सम्बन्ध राख्छ उसको लिंग भाँचिन सक्छ। पेनिस ब्रोकेन भनिने यस्तो अवस्था तब उत्पन्न हुन्छ जब लिंगको मांसपेशी टुट्छ, त्यसपछि लिंग सुन्निनुका साथै असह्य पीडा पनि हुन्छ। अमेरिकाको मेरिल्यान्ड मेडिकल सेन्टर युनिभर्सिटीका युरोलोजिस्ट एन्ड्रयु क्रेमरले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो।
डा. क्रेमरका अनुसार मानसिक तनाव, हतार तथा प्रतिकुल परिस्थितिमा सम्भोग गर्दा लिंग भाँचिन सक्छ। विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा उसको मनमा एक प्रकारको डर र तनाव हुन्छ भने ऊ जतिसक्दो छिटो यौनक्रीडा सक्ने ध्याउन्नमा हुन्छ।
यस्तो अवस्थामा उसको लिंगको मांसपेशी क्षतिग्रस्त हुन्छ जसलाई पेनिस ब्रोकेन वा लिंग भाँचिनु भनिन्छ। डाक्टर क्रेमरले २००४ देखि २०११ सम्ममा मेरील्यान्ड अस्पतालमा आएका लिंग भाँचिएका पुरुषहरूमा अध्ययन गरेर उक्त तथ्य सार्वजनिक गरेका हुन्।
उनको अध्ययनमा संलग्न पुरुषमध्ये आधाभन्दा बढीले आफ्नो परस्त्रीसँग अवैध सम्बन्ध रहेको खुलासा गरेका थिए। अझ सम्भोगका बेला विभिन्न आसन प्रयोग गर्ने पुरुषहरूमा यस्तो समस्या बढी देखिएको छ। एजेन्सी