सहयोगका लागी आएका जापानी पर्यटक लुटिए

 पोखरा, ३१ जेठ । भुकम्प पिडितको सहयोगका लागी आएका जापानिज पर्यटक लुटिएका छन । बैशाख १२ गतेको भुकम्पबाट भएको क्षतीलाई मध्येनजर गर्दै पोखरा आएका जापानिज नागरिक योशीयाकी हारानागा लुटिएका हुन ।
पसपोर्ट नं. tk2742186 भएका २५ वर्षे योशीयाकी जेठ २८ गते नेपाल आएका योशीयाकीलाई २९ गते रातको समयमा पोखरा ६ गाइघाटमा १० जनाको समुहमा आएका लुटेराहरुले हातपात गरी उनीसंग भएको नगद पैसा लुटि लगेको पिडित योशीयाकीले वताएका छन । जापानमा रहेका विभिन्न साथीहरु बाट आर्थिक श्रोत जुटाइ नेपालका भुकम्प पिडितलाई सहयोग गर्न आउदा आफु लुटिदा निकै दुख लागेको उनले वताएका छन ।
पिडित योशीयाकी बिगत ९ वर्षदेखि जापानमा संगै वस्दै आएका पोखराका स्थानिय दिलिप बि.क. सुनारको घरमा रातको समयमा सुतिरहेको बेला १० जनाको समुहमा आएका लुटेराहरुले उनीसंग भएको १५ सय अमेरिकी डलर नेपाली रुपैया १ लाख ५३ हजार ९ सय ५ रुपैया लुटी उनलाई हातपात गरी भागेको र प्रहरी समक्ष जाहेर गर्दापनि प्रहरीले लुटेराहरुको खोजीकार्यमा ढिलासुस्ती गरेको उनले वताए ।
लुटेराहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नका लागी योशीयागीले पोखरेलीहरु सहित सम्बन्धित निकायसमक्ष सहयोगको अपेक्षा गरेका छन । भुकम्प प्रभावित हरुलाई सहयोग गर्न आउदा आफै लुटिनुपर्दा निक्कै दुख लागेको र लुटपाटमा सम्बन्धितलाई छिटो भन्दा छिटो पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।योशीयाकी यो घटनाले मानशिक रुपमा त्रसित भएको वताउदै चाडो भन्दा चाडो जापान फर्कन चाहेको समेत उनले वताएका छन ।