आजै मात्र भूकम्पका पाँच धक्का
काठमाडौं: बुधबार मात्रै भूकम्पका पाँच धक्का गएका छन्। बुधबार साँझ छ बजेसम्म परकम्पको रुपमा चारपटक धक्का महसुस भएको छ भने हुम्लालाई केन्द्र बनाएर नयाँ भूकम्प गएको छ।
पछिल्लोपटक बुधबार साँझ ५.३८ बजे दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको धक्का गएको हो।यसअघि दोलखालाई नै केन्द्रविन्दु बनाएर २.३९ बजे ४.२ म्याग्निच्यूडको धक्का गएको थियो।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बुधबार बिहान २.४५ मिनेटमा ४.१ म्याग्निच्यूड र दिउँसो १ बजेर ३७ मिनेटमा ४ दशमलब ५ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै हुम्ला केन्द्रविन्दु भएर बुधबार बिहान २ बजेर ८ मिनेटमा ४ दशमलव ७ म्याग्निच्यूड क्षमताको भूकम्प गएको पनि मापन केन्द्रले रेकर्ड गरेको छ।
