महिलाहरूका लागि खुशीको खबर.....! भिडियो हेर्नुहोस

 डा.  पदमराज पन्त
‘आइभिएफ भनेको निःसन्तानपनको उपचारमा अपनाइने एउटा प्रकृया हो । यसमा महिलाको अण्डलाई बाहिर निकालेर पुरुषको शुक्रकीटसँग शरीर बाहिर मिलन गराएर बन्न थालेको भ्रूणलाई महिलाको पाठेघरभित्र स्थानान्तरण गरिन्छ । यसलाई इन् भिट्रो फर्टिलाइजेशन भनिन्छ । इन भिट्रो भनेको शरीरबाहिर शुक्राणु र अण्डाणुको मिलन भएपछि भित्र राख्ने काम हो । सन्तान उत्पादनका अन्य उपायहरूबाट असफल भएका दम्पतीलाई यस प्रकृयाबाट धेरै सहयोग पुग्छ ।
निःसन्तानपनका कारण धेरैजसो महिला सौता ब्यहोर्न बाध्य भएका छन् । कसैले आत्मदाह गरेका छन्, कोही घर छाड्न बाध्य पारिएका छन् । यसरी प्रताडित महिलालाई आइभिएफले आमा बन्न धेरै हदसम्म सम्भव बनाएको छ । सुरु–सुरुमा आइभिएफ नेपालमा भित्रिँदा यसको लागत निकै बढी थियो, निःसन्तान दम्पतीले तीन लाखदेखि चार लाखसम्म तिर्नुपर्ने अवस्था थियो । अहिले भने आइभिएफ सेवाको मूल्य ५० देखी ७५ प्रतिशत कम भएको छ । अझ हामीले भित्र्याएको नवीनतम् प्रविधिले त झन् एकपटकमा महिलाले उत्पादन गरेका १२–१४ वटा अण्डालाई सुरक्षित राखेर पटक–पटक शुक्राणुसँग मिलन गराएर पुनः प्रकृयालाई सुचारु गर्न सकिन्छ । कारणबश महिलाले पुनः यो प्रकृया दोहोर्याउनुपर्ने अवस्था आएमा जम्मा एक तिहाइ लागतमा पुनः आइभिएफ अपनाएर सफल हुन सम्भव भएको छ । दोश्रो, तेश्रो प्रयासमा भएपनि सफल हुन सकिन्छ ।
विश्वस्तरको सुविधासहित ग्राण्डी आइभिएफ नेपालमै सुरु भएको हुनाले विदेश गएर उपचार गराउनुपर्ने वाध्यता अन्त्य भएको छ भने सफलताको दर समेत बढ्ने अपेक्षा गरेका छौं । ग्राण्डी आइभिएफमा सन्तान उत्पादन सम्बन्धी सबै किसिमका सेवा दिन हामी सक्षम छौँ । सरसल्लाह मात्र लिन भएपनि यहाँहरु आउन सक्नुहुनेछ । ढुक्क हुनुहोस् नेपालमा नै विश्व स्तरको सेवा हामी दिनेछौँ ।’

अशिक्षा र अज्ञानतामा रुमलाएको नेपाली समाजमा निःसन्तान भएर बाँच्न ज्यादै कठिन छ । यो कठिनाइलाई नजिकबाट बुझेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल आइभिएफ अर्थात् टेष्ट ट्युव बेबी प्रविधिले नेपालका निःसन्तान दम्पतीले उपचारका क्रममा विदेशमा गएर पाउने पिडा र दुःख सँगै देशबाट ठूलो धनराशि विदेशीने क्रमलाई रोक्न मद्दत पुगेको र निस्सन्तान दम्पतीहरुकालागि यो सेवा बरदान साबित भएको बताउँछन् ।
                   भिडियो हेर्न तल क्लिक गर्नुहोस